डा. केसी र सरकारबीच सहमतिको तयारी

काठमाडौं । सरकार र अनशनरत डा. गोविन्द केसीबीच सहमतिको तयारी भएको छ ।

शिक्षा सचिव गोपी मैनाली र डा. जीवन क्षेत्री नेतृत्वको वार्ता टोली बिहीबार नै सहमति नजिक पुगिसकेका थियो ।

६ बुँदे माग राखेर विगत २६ दिनदेखि आमरण अनशनमा बसेका डा. केसी आफ्नो माग पूरा हुनैपर्ने अडानमा छन् ।

शुक्रबार दुबै पक्षले आन्तरिक परामर्श गरेपछि सहमतिलाई अन्तिम रुप दिइएको हो ।

प्रतिक्रिया