प्रधानमन्त्रीका तीन सल्लाहकार कोरोना संक्रमण मुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहकार कोरोना संक्रमण मुक्त भएका छन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लहाकार सूर्य थापा कोरोनामुक्त भएका हुन् ।

प्रेस सल्लाहकार थापाले आफूसहित रिमाल र भट्टराईको पिसिआर रिपोर्ट निगेटिभ आएको जानकारी दिएका छन् । ‘हामीले कोरोना संक्रमण जितेका छौं,’ थापाले सामाजिक सञ्जालमा भनेका छन्, ‘हामीप्रति शुभेच्छा र सद्भावका निम्ति सबै महानुभावप्रति आभारी छौं ।

https://www.facebook.com/photo.php?fbid=3413577775401369&set=a.560462577379584&type=3&theater

प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षामा खटिएका ५ दर्जन सुरक्षाकर्मी सहित प्रधानमन्त्रीका तीन सल्लाहकार संक्रमित भएका थिए ।

प्रतिक्रिया