डा. केसी निस्वार्थी सत्याग्रही हुन् : नेकपा प्रवक्ता श्रेष्ठ
२०७७ असोज २२ गते

काठमाडौं । सत्तारुढ नेकपाका प्रवक्ता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले अनशनरत डा. गोविन्द केसी निस्वार्थी रहेको कुरामा कुनै शंका नभएको बताएका छन् ।
श्रेष्ठले डा. केसीले अनशनका लागि रोजेको समयप्रति भने असन्तुष्टि व्यक्त गरेका छन् । उनले वार्ता टोली गठन भएको र सकारात्मक निष्कर्ष निस्कने आशासमेत व्यक्त गरेका छन् ।
अहिले डा. केसी र सरकारका प्रतिनिधिबीच शिक्षा मन्त्रालयमा वार्ता भइरहेको डा. केसीका सहयोगी प्रितम सुवेदीले मकालु खबरलाई जानकारी दिएका छन् ।
२०७७ असोज २२ गते
प्रतिक्रिया
सम्बन्धित









