फिनल्याण्डमा १६ वर्षीया किशोरीलाई एक दिनका लागि प्रधानमन्त्री बनाइयो

एजेन्सी । फिनल्याण्डमा एक किशोरीलाई १ दिनका लागि प्रधानमन्त्री नियुक्त गरिएको छ । त्यहाँकी प्रधानमन्त्री सन्ना मरिनले हालै १६ वर्षीया किशोरी आभा मुर्तोलाई एक दिनका लागि प्रधानमन्त्रीको पद हस्तान्तरण गरेकी हुन् ।

लैंगिक समानताका लागि उत्कृष्ट देशका रुपमा चिनिने फिनल्याण्डले यसैका लागि यस्तो निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । बुधबार एक दिनका लागि प्रधानमन्त्री बनेकी आभा मुर्तोले कुनै नयाँ निर्णय गर्ने वा कानून बनाउने काम गरिनन् ।

उनलाई प्रविधिमा महिला अधिकार विषयमा राजनीतिज्ञहरुसँग दिनभर बैठकमा सहभागी गराइयो । प्रधानमन्त्री मरिनको यो निर्णयको सर्वत्र प्रशंसा गरिएको छ । बीबीसीबाट–

प्रतिक्रिया