ओली-दाहालबीच छलफल जारी, के के हुन् विषय ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल जारी छ ।

प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भइरहेको छलफलमा मन्त्रिपरिषद् पुनर्गठन, एकताको बाँकी काम र संवैधानिक नियुक्तिलगायतको विषयमा कुराकानी भइरहेको छ ।

गत २० असोजको सचिवालय बैठकपछि दुई अध्यक्षबीच भेटवार्ता भएको थिएन । आज भने दाहाल ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

गएको ४ असोजको सचिवालय बैठकले एकताको बाँकी काम टुंग्याउने मस्यौदा तयार पार्न र मन्त्रिपरिषद् पुनर्गठनको जिम्मा दुई अध्यक्षलाई दिएको छ ।

तर, सहमति जुट्न नसक्दा कुनै पनि काम हुन सकेको छैन । यसभन्दा अगाडि अध्यक्षद्वयबीच भएको पटक पटकको भेटमा पनि कुनै सहमति भएको छैन ।

प्रतिक्रिया