भोली ‘योगदान राष्ट्रका लागि’ अभियानको घोषणा हुँदै

काठमाडौं । विभिन्न खालका सामाजिक कार्यबाट समग्र मुलुककै लागि योगदान दिन सकिन्छ भन्ने मुख्य उद्देश्यका साथ स्थापना भएको संस्था योगदान राष्ट्रका लागिले दर्ता र कानुनी प्रक्रिया पुरागरि औपचारिक रुपमा सामाजिक कार्यको शुरुवात गरेको छ ।

यसै अवसरमा उक्त संस्थाले भोली असोज २३ गते शुक्रबार राजधानीको बसुन्धरा स्थित ड्रिम डाई इनमा पत्रकार सम्मेलन गरेको छ । सोही मार्फत औपचारिक घोषणा गरिने ‘योगदान राष्ट्रका लागि’का केन्द्रीय संयोजक ओम उप्रेतीले बताएका छन् ।

योगदान राष्ट्रका लागि संयुक्त अरब इमिरेट्स (युएई) मा रहँदै आएका ओम उप्रेतीले शुरुवात गरेको संस्था हो । उप्रेती युएईमा विभिन्न खालका दुर्घटना, बिरामी, चोटपटक लगायतको प्राथमिक उपचारको क्षेत्रमा सक्रिय छन् ।

उनले युएईमा सिकेको ज्ञान र सिपलाई नै नेपालभर फैलाउने र यसै मार्फत समाज अनि राष्ट्रसेवा गर्ने उद्देश्य लिएर नेपालका अधिकांश स्थानहरुमा प्राथमिक उपचारका अभियानहरु सञ्चालन गरिसकेका छन् ।

हालसम्म ४६ जिल्लामा प्राथमिक उपचार तालिम सम्पन्न गरिसकेको योगदान राष्ट्रका लागि ले ७७ वटै जिल्लामा समाजसेवाको सञ्जाल विस्तार गरिसकेको छ । अधिकांश जिल्लाहरुमा जिल्ला स्तरिय समुहहरु गठन भइसकेका छन् ।

छोटो समयमा नै प्रभावशाली समाज सेवा कर्ममा आफुलाई उभ्याउन सफल योगदान राष्ट्रका लागि निकट भविष्यमा नै देशव्यापी रुपमा अघि बढ्ने रणनीति छ । यसअघि युएईबाट सञ्चालित संस्थाले औपचारिक रुपमा काठमाडौंको मनमैजुमा केन्द्रीय कार्यालय स्थापना गरिसकेको छ ।

प्रतिक्रिया