सुनको मूल्य घट्यो, आज कारोबार कतिमा ?

काठमाडौँ । आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला २ सय रुपियाँ घटेको छ । चाँदी भने प्रतितोला ५ रुपियाँ बढेको छ । हिजो पनि सुन प्रतितोला ८ सय रुपियाँ र चाँदी प्रतितोला २५ रुपियाँ घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ८० रुपियाँ निर्धारण गरिएको छ ।

हिजोे छापावाल सुन ९४ हजार १ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९३ हजार ६ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार १ सय ७५ रुपियाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया