कोरोना संक्रमणबाट वीपीमा उपचाररत बिरामीको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक बिरामीको मृत्यु भएको छ ।

धरान वडा–१० सुनसरीका ३९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनीमा असोज १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । असोज १३ गते कोभिड वीपी प्रतिष्ठानको कोभिड अस्पताल भर्ना भएका थिए ।

उपचारका क्रममा उनको आज (बिहीबार) बिहान ४:३० मा मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया