आइपिएल: चेन्नई कोलकत्तासँग १० रनले पराजित
२०७७ असोज २२ गते

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइटराइडर्सले चेन्नई सुपरकिंग्सलाई पराजित गरेको छ । अबुधाबीमा गएराती भएको खेलमा साविक उपविजेता चेन्नई कोलकातासँग १० रनले पराजित भएको हो ।
यो चेन्नईको जारी सिजनमा चौथो हार हो । कोलकाताको यो तेस्रो जित हो । कोलकोताले दिएको १६८ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउदै १५७ रन मात्र बनाएको थियो । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा अल आउट हुदै १६७ रन बनाएको थियो ।
जितसँगै कलकत्ता लिगको तेस्रो स्थानमा उक्लिएको छ । कोलकत्ताले ५ खेलमा ६ अंक जोडेको छ । चेन्नईको यो तेस्रो हार हो । ६ खेलमा ४ अंक जोडेको चेन्नई पाँचौ स्थानमा रहेको छ ।
२०७७ असोज २२ गते
प्रतिक्रिया
सम्बन्धित








