कुटपिट गरी छाेराले गरे आफ्नै बाबुको हत्या
२०७७ असोज २१ गते

तम्घास । गुल्मीमा आफ्नै बुबाको हत्या गर्ने छोरा पक्राउ परेका छन् । जिल्लाको इस्मा गाउँपालिका –४ दोहोलीका २८ वर्षीय अनिल बस्नेत मङ्गलबार साँझ पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयले इस्मा- १ हर्पुकोटस्थित आफन्तका घरबाट बस्नेतलाई पक्राउ गरेको हो । उनले गत आइतबार ६० वर्षीय बुबा दिलबहादुरलाई कुटपिट गरी घाइते बनाएका थिए । घाइतेको उपचारका लागि बुटबल लैजाँदै गर्दा बाटाेमै ज्यान गएको थियो ।
बुबाको हत्या गरेर फरार अनिलको खोजी गर्नेक्रममा सुराकीका आधारमा फुपू दिदीका घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारनाथ पन्थले जानकारी दिए । अनीलले अपराध स्वीकार गरिसकेको बताइएको छ ।
अहिले उनी प्रहरी हिरासतमै रहेको र कानूनी प्रक्रिया पुर्याएर कारागार चलान गरिने पन्थले बताए । रासस
२०७७ असोज २१ गते
प्रतिक्रिया
सम्बन्धित








