११४ जना जिल्ला न्यायाधीशको सरुवा, २९ न्यायाधीशको पदस्थापन

काठमाडौँ । न्याय परिषदले ११४ जना जिल्ला न्यायाधीशको सरुवा गरेको छ भने २९ न्यायाधीशको पदस्थापन गरेको छ ।

बुधबार बसेको न्याय परिषदको बैठकले एउटा अदालतमा दुई वर्ष सेवा पुरा गरेका ११४ न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको हो । परिषदले भक्तपुर जिल्ला न्यायाधीश रहेका जगतनाराण श्रेष्ठलाई तनहुँ, ललितपुरका न्यायाधीश महेन्द्रबहादुर कार्कीलाई सिन्धुपाल्चोक सरूवा गरेकाे छ ।

यस्तै महाेतरी जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद सुवेदीकाे कपिलवस्तु सरूवा भएकाे छ भने कपिलवस्तुका न्यायाधीश लाेकजङ शाहकाे दार्चुला जिल्ला अदालतमा सरूवा भएकाे छ ।

त्यस्तै २९ जना न्यायाधीशको पदस्थापनको सिफारिस गरेको छ । परिषदको सिफारिसमा प्रधानन्यायाधीश राणाले उनीहरुको सरुवा गरेका हुन् ।

यस्तो छ न्यायाधीश सरुवा तथा पदस्थापनको सूचीः

 

प्रतिक्रिया