राप्रपालाई निर्वाचन आयोगले दियो वैधानिकता, कमल थापा भन्छन्–‘गौरव लागेको छ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता दिएको छ । सो कुराको पुष्टि राप्रपा अध्यक्ष कमल थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत् गरेका छन् ।
वैधानिकता पाएपछि खुशी व्यक्त गर्दै अध्यक्ष थापाले आफ्नै पालामा एकीकरण भएको भन्दै गौरव लागेको बताएका छन् । एकीकरणपछि अब राप्रपाको झण्डामा ‘गाई’ रहने छ र चुनावचिन्ह ‘हलो’ हुने भएको छ ।
अध्यक्ष थापाले आगामी चुनावबाट राप्रपालाई देशको अग्रणी शक्ति बनाउने संकल्प समेत गरेका छन् । उनले लेखेका छन्, ‘राप्रपा र राप्रपा (संयुक्त)को एकिकरणलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको छ । आयोगलाई धन्यवाद । २०७३ सालको एकता महाधिवेशनपछि विभाजित भएको पार्टीलाई आफ्नै कार्यकालमा पुनः एकिकृत गर्न सकेकोमा खुसी छु,गौरव लागेको छ । आगामी चुनावबाट राप्रपालाई देशको अग्रणी शक्ति बनाउने संकल्प गर्दछु । अब राप्रपाको झण्डामा ‘गाई’ रहने छ र चुनावचिन्ह ‘हलो’ हुनेछ । राप्रपाको चुनावचिन्ह जनतासम्म पुराउने प्रचार अभियान अन्तर्गत मेरो सामाजिक संजालको प्रोफाईलमा आजैदेखि ‘हलो’ अंकित गरेको छु । पार्टीका साथीहरूलाई पनि सोबमोजिम गर्न आग्रह गर्दछु ।’
राप्रपा र राप्रपा(संयुक्त)को एकिकरणलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको छ।आयोगलाई धन्यवाद।
२०७३ सालको एकता महाधिवेशन पछि विभाजित भएको पार्टीलाई आफ्नै कार्यकालमा पुन: एकिकृत गर्न सकेकोमा खुसी छु,गौरव लागेको छ।
आगामी चुनावबाट राप्रपालाई देशको अग्रणी शक्ति बनाउने संकल्प गर्दछु— Kamal Thapa (@KTnepal) October 7, 2020









