मदन भण्डारी प्रतिष्ठानले मृतक दाहालको परिवारलाई झुटो आश्वसन दिएर विवाद साम्य गरायो [भिडिओसहित]

उर्लाबारी । मोरङको उर्लावारी ३ मा मुख्य कार्यालय रहेको मदन भण्डारी स्मृति प्रतिष्ठानले आफ्नै कर्मचारीको असामहिक निधनमा परिवारलाई झुटो आश्वसन दिएर उत्पन्न विवादलाई साम्य पारेको छ ।

प्रतिष्ठानअन्तर्गतको बहुप्राविधीक शिक्षालय दमक ४ ताराबारीमा कार्यरत मुक्तीनाथ दाहालले कक्षाकोठामा आत्महत्या गरेपछि परिवारले आत्महत्या रहस्यमय भएको भन्दै शवको दाहसंस्कार गर्न नदिने भएपछि तनाव सिर्जना भएको थियो ।

परिवारले प्रतिष्ठानका प्रबन्धक निर्देशक विनोद अर्यालले दिएको मानसिक तनावका कारण दाहालले आत्महत्या गरेको आरोप लगाएको थियो । तर, अन्त्यमा प्रतिष्ठानले आर्याल पक्राउ परिसकेको र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएको भनेर झुटो आश्वसन दिई परिवारको भावनामाथि खेल्दै उत्पन्न विवादलाई साम्य पारेको हो ।

मदन भण्डारी स्मृति प्रतिष्ठानका सदस्य गंगा बास्तोलाले मंगलबार अपराह्नको समयमा अर्याललाई मोरङ प्रहरीले विराटनरमा पक्राउ गरेको र दमक ल्याउने तयारी भईरहेको बताएका थिए ।

यस्तै नेकपाका अर्का नेता तथा मोरङ जिल्ला सतिवालय सदस्य मानबहादुुर श्रेष्ठले समेत अर्याल जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेको बताएका थिए । तर, अर्याल मोरङ र झापा कहीँ पनि पक्राउ नपरेको प्रहरीले जनाएको छ ।

प्रतिष्ठानमा कार्यरत दाहाल लेखा तथा प्रशासकिय अधिकृत हुन उनको परिवारसंग प्रतिष्ठानले गरेको ९ बुँदे सहमतिमा प्रतिष्ठानका निर्देशक अर्याललाई पक्राउ गरी आवश्य कानूनी कारबाही गर्ने, मृतकका छोराको शिक्षाको जिम्मा प्रतिष्ठानले लिने, हाल प्रतिष्ठानमै जागिरेको रुपमा रहेकी मृतककी श्रीमतीलाई जागिरमा बढुवा गर्ने दोषीलाई कारबाही गर्न सहयोग गर्ने लगायतका ९ बुद्धे सहमति आक्षरांस पालना गर्ने लिखित समझौता भएपछि परिवारले शव बुझेको थियो । तर, शोकमा रहेको परिवारसंग गरिएको पहिलो बुँदा नै झुटो सावित भएको छ । https://youtu.be/6u-N5vbs-EM?t=3

प्रतिष्ठानले परिवारका सदस्यलाई आर्याल मोरङको विराटनरमा पक्राउ परिसेको जानकारी दिएको थियो तर मोरङ प्रहरीले भने सम्बन्धित घटनाका सम्वधनमा कसैलाई पक्राउ नगरेको जानकारी दिएको छ ।

अर्यालले केही दिनअघि लेखा अधिकृत दाहाललाई खालि चेकमा हस्ताक्षर गर्न लगाएर आफैले बोकेपछि उनी थप पिडामा परेको परिवार स्रोतले जनाएको छ ।

श्रद्धाञ्जली दिन दाहालकै घरमा पुगेका प्रतिष्ठानका अध्यक्षलाई स्थानीयको आक्रोशित समूहले हातपात समेत गरेका थिए ।
परिवारले शव उठाउन नदिएपछि प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, नेकपाका केन्द्र, प्रदेश, जिल्ला स्तरका नेताहरुको बाक्लो उपस्थितिमा समस्याको समाधान गरिएको थियो ।

यता घटना झापा जिल्लामा भएका कारण दमक इलाकामा अर्याल पक्राउका बारेमा बुझ्दा दमकका डिएसपी विजयराज पण्डितले पनि सम्धिबत घटनाका बारेमा कसैलाई पक्राउ नगरिएको बताएका छन् ।

प्रतिक्रिया