बाबुराम भट्टराईलाई सूर्य थापाको प्रतिप्रश्न : ‘सम्झना बिर्सना सलल…जस्तो किन ?’

काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जसपा नेता बाबुराम भट्टराईलाई जवाफ दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् नेता भट्टराईले प्रदेशहरुको नामाकरण गर्ने सवालमा दिएको अभिव्यक्तिको जवाफ थापाले सामाजिक सञ्जाल फेसबूकमार्फत् दिएका हुन् ।

जनयुद्ध जातीय रंगविरंगमा प्रवेश गर्नुअघि नै सुरेश वाग्ले र लली रोकाले जीवन उत्सर्ग गरिसकेका उल्लेख गरेका थापाले अब बाबुराम भट्टराईले सम्झिनसमेत छाडेको टिप्पणी गरेका छन् ।

थापाको प्रतिप्रश्न छ–‘अनि आफू कम्युनिष्ट आन्दोलन छाडेर त्यति पर पुगेपछि सम्झना बिर्सना सलललल…जस्तो किन गर्नुभएको होला महोदय ?’

यस्तै भट्टराईको जवाफमा थापाले थप लेखेका छन्, ‘हिजो मगरात/तमुवान/ताम्सालिंग/नेवा: स्वायत्त प्रदेशका पदाधिकारी अहिले महेन्द्रपथका अवतार श्री ७ खड्गप्रसादको आदेश पालना गर्दै लुम्बिनी/गण्डकी/वागमती नाममा टेवल ठटाइरहेको देख्दा भूपीको पंक्ति याद आयो:”मरेर शहीद हुनेहरू हो,बाँचेर त हेर,बाँच्न झन् गाह्रो छ ।’

यसअघि तत्कालीन माओवादी जनयुद्धमा राज्य पक्षबाट ज्यान गुमाउने सबैभन्दा उच्च नेता सुरेश वाग्लेलगायतसँग माफीसमेत मागेका नेता भट्टराईले विगतमा मगरात, तमुवान, ताम्सालिङ्, नेवाः स्वायत्त प्रदेशको पक्षपातीहरु अहिले ‘महेन्द्रपथ’मा लागेको भन्दै तत्कालीन माओवादी नेताहरुप्रति व्यंग्यसमेत गरेका थिए ।

प्रतिक्रिया