प्रदेशको नामाकरण जातीय आधारमा नगरिँदा बाबुराम भट्टराईले किन शहीदसँग माफी मागे ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रदेशहरुका नाम जाति र भाषाको पहिचानको आधारमा नराखिएको भन्दै आक्रोश पोखेका छन् ।

जाति र भाषाको आधारमा प्रदेश नामाकरण गर्दा देश टुक्रिन्छ भन्नेहरुलाई भारत र अमेरिकाको उदाहरण हेर्नसमेत सुझाएका नेता भट्टराईले सामाजिक सञ्जा ट्वीटरमार्फत् यस्तो बताएका हुन् ।

नेता भट्टराईको प्रश्न छ–‘हाम्रा प्रदेशका नाम नदी/भूगोलको पहिचानमा मात्र राख्नुपर्ने तर, विविध जाति/भाषाको पहिचानमा राख्न नहुने ? यो कहाँको मार्क्सवाद/लोकतन्त्र/संघीयता हो ? भारतमा तमिलनाडु, बंगाल, पन्जाब आदि अधिकांश जाति र भाषाको नाममा राज्य हुँदा देश नटुक्रने तर नेपालमा टुक्रने हो ?’

तत्कालीन माओवादी जनयुद्धमा राज्य पक्षबाट ज्यान गुमाउने सबैभन्दा उच्च नेता सुरेश वाग्लेलगायतसँग माफीसमेत मागेका उनले विगतमा मगरात, तमुवान, ताम्सालिङ्, नेवाः स्वायत्त प्रदेशको पक्षपातीहरु अहिले ‘महेन्द्रपथ’मा लागेको भन्दै भट्टराईले तत्कालीन माओवादी नेताहरुप्रति व्यंग्यसमेत उनले गरेका छन् ।

 

 

प्रतिक्रिया