आज असाेज २१ गते बुधबार, यस्ताे छ आजकाे पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल असोज २१ गते । बुधबार । ईश्वी सन् २०२० अक्टोबर ०७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन कृष्णपक्ष । तिथि–पञ्चमी,१२ घडी १९ पला,बिहान १० बजेर ५५ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–रोहिणी,३० घडी ०७ पला,बेलुकी ०६ बजेर ०३ मिनेट उप्रान्त मृगशिरा । योग–व्यातिपात,४५ घडी १४ पला,रातको १२ बजेर ०५ मिनेट उप्रान्त वरियान । करण– तैतिल,बिहान १० बजेर ५५ मिनेट उप्रान्त गर,बेलुकी ११ बजेर ३१ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५९ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४१ मिनेट । दिनमान २९ घडी १३ पला ।

आजको बार बेला ।  
बिहान ०६ बजेर ०० मिनेटसम्म लाभ बेला ।
बिहान ६ बजेर ०१ मिनेटदेखी बिहान ७ बजेर २८ मिनेटसम्म अमृत बेला ।
बिहान ७ बजेर २९ मिनेटदेखी बिहान ८ बजेर ५५ मिनेटसम्म काल बेला ।
बिहान ८ बजेर ५६ मिनेटदेखी बिहान १० बजेर २३ मिनेटसम्म शुभ बेला ।
बिहान १० बजेर २४ मिनेटदेखी बिहान ११ बजेर ५१ मिनेटसम्म रोग बेला ।
बिहान ११ बजेर ५२ मिनेटदेखी दिउसो १ बजेर १८ मिनेटसम्म उद्वेग बेला ।
दिउसो १ बजेर १९ मिनेटदेखी दिउसो २ बजेर ४६ मिनेटसम्म चर बेला ।
दिउसो २ बजेर ४७ मिनेटदेखी बेलुकी ४ बजेर १४ मिनेटसम्म लाभ बेला ।
बेलुकी ४ बजेर १५ मिनेटदेखी बेलुकी ७ बजेर १४ मिनेटसम्म उद्वेग बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।
https://youtu.be/81NS7Zh9U1Y

राहुकाल
बिहान ११ बजेर ५० मिनेटदेखी दिउसो ०१ बजेर १८ मिनेटसम्म रहने ।

राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय राम्रो रहेकोले धार्मिक तथा सामाजिक काममा मन जानेछ भने छोटो दुरिको धार्मिक यात्रा हुनेछ । आफन्त,मित्र, तथा कुटुम्बसँगको सम्बन्धमा सुधार हुनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बन्द व्यापार तथा साझेदारी व्यावसायबाट मनग्गे धन लाभ लिन सकिनेछ । तरपनि बाहिरी वाताबरणको ख्याल गर्नुहोला स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ भने मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । माया प्रेममा सामिप्यता तथा सुमधुरता बढेर जानेछ । अध्ययन तथा अध्यापनमा मन जानेछ भने अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढेर जानेछ । शरिरमा आलश्यता तथा अल्छिपना बढेर जानेछ भने मनोबल कमजोर हुनाले बाहिरी तत्वहरुले प्रलोभन देखाएर फसाउन सक्छन् ध्यान दिनुहोला । आफन्त तथा अग्रजहरुको सुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले कमजोर रहनेछ । यात्राको योग रहेकोछ भने विदेशमा उत्पादिन सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने आयस्रोतका बाटाहरु फराकिला हुनेछन् । पैत्रिक सम्पतिको परिचालन गरि मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै आँखा अगाडि देख्न पाउदा मन प्रफुल्लित हुनेछ । पढाइको लगावले वौद्धिक क्षेत्र फराकिलो हुनेछ । कृषि,पशुपालन तथा घरेलु काममा लिन व्यतित हुने योग रहेकोछ । व्यापारमा अरुदिन भन्दा सामान्य वृद्धि हुने योग रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) प्रतिस्पर्धी परास्त हुनुका साथै बौद्धिक जमघटमा सैद्धान्तिक बिचार तपाईँकै उत्कृष्ट ठहरिनेछ । अध्ययन तथा अध्यापनमा एक कदम अगाडि बढि अरुलाई किनारा लगाउन सकिनेछ । प्रेम प्रसङगमा समय बित्ने हुँदा मन प्रसन्न हुनेछ । व्यापार व्यवसायमा मनग्गे आम्दानी हुनेछ । राजनीति तथा समाजेवामा जनताको साथ तथा समर्थन रहने हुनाले पद प्राप्तीको योग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राजनीति तथा समाजसेवामा जनताको काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रशासनिक तथा सरकारी क्षेत्रमा तपाईकै बर्चश्व कायम रहनेछ । धार्मिक अनुष्ठान तथा तिर्थ यात्राको अधिक सम्भावना रहेकोछ । खोज तथा अनुशन्धानमा झुकाव बढ्ने हुनाले सकारात्मक नतिजा आउनेछ । बुद्धिको उपयोगले राम्रा काम गर्न सकिने तथा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कामहरु समयमा नसकिने तथा अरुबाट बाधा व्यावधान हुने हुनाले मानसिक तनाब बढ्नेछ । यात्रा गर्दा तथा सवारि चलाउदा ध्यान दिनुहोला दुर्घटना नहोला भन्न सकिन्न । मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जागर हराएर जानेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रने हुँदा अरुभन्दा पछि परिनेछ । चेलि माईती बीचको सम्बन्धमा दुरी केहि बढेजस्तो हुनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) खाद्यान्न तथा औषधिजन्य व्यावसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ । भौतिक साधनहरु जुट्नेछन् भने प्रविधिको प्रयोग गरि काम  गर्न सकिनेछ  । अध्ययन,लेखन,कलासाहित्य तथा गित संगितमा चासो बढ्नेछ भने तपाईको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्बन्धमा बिश्वासको बाताबरण बढ्ने तथा दाम्पत्य जीवन सुमधुर बन्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) माया प्रेमको गाठो कसिलो हनुको साथै दाम्पत्य जीवन सुमधुर रहनेछ । शत्रु परास्त हुनेछन् भने न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । पढाइ लेखाइमा अरुभन्दा एक कदम अगाडि बढि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । व्यापार व्यवसायबाट भनेजस्तो आम्दानी हुनाले जीवन यापन सहज मार्गमा अगाडि बढ्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । रमाईलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाँफा कमाउन सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । सन्तान तथा अनुयायीको माध्यमबाट काम बन्नेछ भने बंश वृद्धिको योग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफ्नो भन्दा अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम भने थाति रहनेछ । आमा तथा आफन्तसँग छुट्टिनु पर्दा मन खिन्न हुनेछ । पढाइ लेखाइमा मन नजाने हुँदा अरुभन्दा पछि परिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । व्यापार व्यावसायमा प्रशस्त समय दिनुपर्नेछ । तरपनि कृषि,पशुपालन तथा सहकारी क्षेत्रमा समय लगानी गरि मनग्गे आम्दानी हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न सकिने हुनाले मान सम्मानमा वृद्धि हुनेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिएर राम्रा तथा उत्पादनमुखि काम गर्न सकिनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । व्यापार, कृषिव्यावसाय र नोकरी गर्नेका लागि सन्तोषजनक समय रहनेछ  । आफ्नो भन्दापनि अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । छोटो दुरिको यात्राको प्रशस्त सम्भावना रहेकोछ छ ।

तपाईँको दिन शुभ रहोस् ।
ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया