तपाईँको जिल्लामा आज कति संक्रमित थपिए, कतिकाे मृत्यु भयाे ? (हेर्नुहोस् जिल्लागत विवरण)

काठमाडौं । आज (साेमबार) देशभर ५७ जिल्लामा एक हजार ५५१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे पुष्टि गरेका हुन् ।

प्रवक्ता गाैतमका अनुसार संक्रमित थपिएका जिल्लाहरूमा भक्तपुर, काठमाडाैं, ललितपुर, गाेरखा, तनहुँ लगायत ५७ जिल्ला छन् । प्रदेश १ का ८ जिल्ला, प्रदेश २ का ८, बागमती प्रदेशका १२, गण्डकीका ८, प्रदेश ५ का ११, कर्णालीका ४ र सुदूरपश्चिम प्रदेशका ६ जिल्लामा आज संक्रमित थपिएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ९ जना संक्रमितको मृत्यु भएको छ ।

हेरौँ संक्रमित, मृत्यु र डिस्चार्जको जिल्लागत विवरण :

प्रतिक्रिया