आज सामान्य अंकले बढ्यो शेयर बजार, करोबार कति ?

काठमाडौँ । आज शेयर बजार सामान्य अंकले बढेको छ । साताको पहिलो दिन १४.७१ अंकले बढेको बजार हिजो ३.६३ अंकले घटेको थियो भने आज पुनः ४.१७ अंकले बढेको हो । आज ०.२६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १५८६.२९ अंकमा उक्लिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज १ सय ९५ कम्पनीका ९५ लाख ९१ हजार १ सय २३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४२ करोड ४५ लाख २८ हजार १ सय २० रुपियाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया