सामाजिक सञ्जालबाट ठगी, ३१ वर्षीया महिला पक्राउ
२०७७ असोज २० गते

सांकेतिक तस्बिर
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकको प्रयोग गरि रकम ठगी गरेको अभियोगमा एक महिला पक्राउ परेकी छिन् ।
चन्द्रागिरी नगरपालिका-७ गुर्जुधारा बस्ने रुपन्देही सैनामैना नगरपालिका-११ सालझण्डी घर भएकी ३१ वर्षीया सिता भुषाललाई आइतबार बेलुका महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेकाे हाे ।
सामाजिक सञ्जाल फेसबुकमा Dr.james sonar र James andy नामबाट साथी बनाएर विवाह गर्छु, सुनको सिक्री, आईफोन र २० हजार डलर गिफ्ट पठाएको छु भनि प्रलोभनमा पारी लाखौं रकम ठगी गरेकाे प्रहरीकाे आरोप छ ।
उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको उक्त महाशाखाले जनाएको छ ।
२०७७ असोज २० गते
प्रतिक्रिया
सम्बन्धित








