जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँट, ५ लाखको हात खाली

काठमाडौँ । जनरल इन्स्योरेन्स कम्पनीको साधारण शेयर (आईपीओ) बाँडफाँट भएको छ । ७ लाख ९६ हजार ७ सय ३४ जनाले आवेदन दिएकोमा २ हजार १ सय ८८ जनाको आवेदन रद्द भएको थियो । ती मध्ये २ लाख ७३ हजार जना भाग्यमानीले १०–१० कित्ता शेयर पाए भने बाँकी ५ लाख २१ हजार ५ सय ४६ जनाको हात खाली भएको छ ।

बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान गोलाप्रथाका माध्यमबाट आइपीओ बाँडफाँट भएको हो ।

कम्पनीले असोज ११ गतेबाट १४ गतेसम्म प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यमा ३० लाख कित्ता आइपीओ जारी गरेको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपियाँ रहेको छ । आईपीओ निष्कासन पश्चात चुक्ता पूँजी १ अर्ब पुग्नेछ ।

प्रतिक्रिया