सुन प्रतितोला ८ सय रुपियाँ बढ्यो, आज कारोबार कतिमा ?

काठमाडौँ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपियाँ बढेको छ । हिजो भने प्रतितोला ४ सय रुपियाँ घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २ सय रुपियाँ निर्धारण गरिएको छ ।

हिजो छापावाल सुन प्रतितोला ९४ हजार १ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९३ हजार ६ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार १ सय ८० रुपियाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया