चितवन निकुञ्जमा एकै दिन दुई वटा मृत गैँडा फेला

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा सोमबार दुई वटा एक सिंगे गैँडा मृत भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामले नारायणी नदीले बगाउँदै लगेको गैँडा गण्डक ब्यारेजबाट करिब आधा घण्टा बगेपछि मरेको जानकारी दिए ।

मृत गैँडाको आखेटोपहार भारतीय प्रोटोकलअनुसार सम्पूर्ण भाग जलाउने नीति रहेकोले सोही प्रोटोकल अनुसार मृत गैँडाको अन्त्यष्टी गरिने जानकारी प्राप्त भएको उनले बताए ।

सोमबार नै चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टरअन्तर्गतको वनकट्टा वनगछिया भन्ने स्थानको १ नम्बर मचानबाट पूर्व पट्टी बाटोको ढिकमा पनि एउटा गैँडा मृत फेला परेको छ ।

ढिकबाट उँधोमुन्टो भई मरेको अवस्थामा करिब १०÷१२ वर्षको भाले गैँडा फेला परेको उनले बताए । सो मृत गैँडाको प्रकृति हेर्दा गैँडाहरू एक आपसमा जुधेर घाइते भई मरेको अनुमान गरिएको छ । उक्त मृत गैँडाको पछाडिको खुट्टा मर्किएको छ । मृत गैँडाको खाग र खुर सुरक्षित रहेको छ ।

नारायणी नदीमै बगेको एउटा गैँडा शनिवार त्रिवेणीमा मृत फेला परेका थियो । चितवन निकुञ्जमा शुक्रवार मात्रै पनि नवलपुर लामिचौरमा रहेको निकुञ्जको पोष्टदेखि तीन किलो मिटर दक्षिणमा निकुञ्जभित्र मृत गैँडा फेला परेको थियो ।

२०७७ को साउन यतामात्रै चितवन राष्ट्रिय निकुञ्जमा सात वटा गैँडाको मृत्यु भएको छ । ती मध्ये एउटा गैँडा सिकारीले मारेको अवस्थामा भेटिएको थियो ।

प्रतिक्रिया