लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनी टोली घोषणा

एजेन्सी । कतार विश्वकप २०२२ को छनोट खेलका लागि अर्जेन्टिनाले २८ सदस्य अर्जेन्टिनी टोली घोषणा गरेको छ । तीन दिनपछि हुने छनोट खेलका लागि अर्जेन्टिनाले लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनी टोली घोषणा गरेको हो ।

टोलीमा घाइते भएका कारण सर्जियो अग्युरोले स्थान बनाउन सकेनन् भने पीएसजीका फर्वाड एन्जल डि मारियाले समेत स्थान बनाउन सकेनन् ।

विश्वक फुटबलको दक्षिण अमेरिकी छनोट अन्तर्गत अर्जेन्टिनाले अगामी ८ तारेक (बिहीबार) इक्वेडरसँग खेल्दैछ । त्यसको ५ दिनपछि अर्जेन्टिनाले छनोटको दोस्रो खेल बोलिभिया विरुद्ध खेल्नेछ ।

दक्षिण अमेरिकी क्षेत्रको विश्वकप क्वालिफायर खेलका लागि यसअघिनै कोलम्बिया लगायतका देशले टिम घोषणा गरिसकेका छन् । यसअघि मार्चमा सुरु हुने भनिएको छनोट कोरोना भाइरस महामारीको कारण स्थगित गरीएको थियो ।

अर्जेन्टिना टीम
गोलकीपरः इमिलियानो मार्टिनेज, जुआन मुसो, फ्रान्को अरमानी र एस्टेबान आन्द्राडा

डिफेन्डरः जुआन फोएथ, निकोलस ओटामेन्डी, नेहुएन पेरेज, निकोलस ट्याग्लियाफिसो, फेसुन्डो मेदिना, मार्कोस एकुना, लुकास मार्टिनेज क्वार्टा र गोन्जालो मोन्टिएल
मिडफील्डरः लियान्ड्रो परेडीज, गुइडो रोड्रिग्ज, रोड्रिगो डे पोल, एक्क्वेल पालासियोस, जियोवानी लो सेल्सो, निकोलस डोमिण्गुएज, एलेक्सिस म्याक एलिस्टर र एडुआर्डो साल्भियो
फर्वार्डः लियोनेल मेसी, पाउलो डिबाला, अलेजान्ड्रो गोमेज, जोक्विन कोरिया, लुकास एलेरियो, लौटारो मार्टिनेज, जियोवानी सिमोन

प्रतिक्रिया