नेपालमा ओपो एफ १७ को बिक्री आरम्भ, कति छ मूल्य ? 

काठमाडौँ । नेपालमा आजदेखि ओपो एफ १७ को बिक्री सुरु गरिएको छ । बिक्री फस्र्टसेल मार्फत खुल्ला गरिएको हो ।

सेप्टेम्बर २७ का दिनओपो एफ १७ प्रो, एन्को डब्ल्यु ५१ टीडब्ल्यूएस र ओपो वाट्चेजका साथमा ओपो एफ १७ पनि सार्वजनिक गरिएको थियो । सार्वजनिक गरिए तापनि कार्यक्रम मार्फत फोनको फर्स्ट सेल मितिबारे मात्र जानकारी दिइएको थियो । आजदेखि बजारमा उपलब्ध गरिएको ओपो एफ १७ को बजार मूल्य रु. ३३ हजार ९ सय ९० निर्धारण गरिएको छ । जम्मा ७.४५ एमएम मोटाई र १६३   ग्राम वजन रहेको ओपो एफ १७ सिजनकै स्लिकेस्ट फोन भएको कम्पनीको दाबी छ ।

ओपोको नेपाल भर रहेका प्रमुख बिक्री केन्द्रहरू मार्फत एफ १७ उपलब्ध गरिएको छ । नेपालमा फोन ८ जीवी + १२८ जीवी भ्यारियन्टमा सार्वजनिक गरिएको हो ।

विशेषता 
ओपो एफ १७ को एक प्रमुख विशेषता मध्य यसको वजन पनि एक हो । कम्पनी काप्रो भर्जनका तुलनामा एफ १७ मात्र ७.४५ एमएम मोटाइका साथ अझ पातलो बडीमा उपलब्ध गरिएको छ । त्यसैगरी प्रो भन्दा १ ग्राम कम यसको वजन जम्मा १६३ ग्राम रहेको छ । एफ १७ लाई स्न्यापड्रागन ६६२ एसओसी ओक्टा-कोर चिपसेट क्लक्ड एट २ जीएचजेडले सञ्चारित गर्छ । उपकरणमा कलर ओएस ७.२ मा आधारित एण्ड्रोइड १० सञ्चालन प्रणालीको ब्यवस्था गरिएको छ ।

ओपो एफ १७ मा सेल्फी क्यामेराका लागि वाटर(ड्रप नोट्चका साथमा ६.४४ ईञ्चको फूल एचडी एमोलेड स्क्रिनको व्यवस्था गरिएको छ । साथै, फोनमा ईन-डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर पनि उपलब्ध छ । त्यसै गरी फोनको पछिल्लो भागमा एफ/२.२ सहित १६ एमपी क्षमताको प्राइमरी शुटर ८ एमपी वाइड-एंगल क्यामेरा र दूई ओटा मोनो सेन्सर सहित क्वाड-क्यामेरा सेटअप दिइएको छ ।

त्यसै गरी, फोनको अघिल्लो भागमा १६ एमपी क्षमताको शुटरको व्यवस्था फोनमा रहेको छ । यस फोनमा ४,०१५ एमएएच क्षमताको ब्याट्रीका साथै, टाइप-सी पोर्ट मार्फत सपोर्ट हुने ३० बाट फास्ट चार्जिङ प्रविधि पनि उपलब्ध गरिएको छ । नेपाली बजारमा लेडर जस्तो देखिने फिनिशका साथमा नेभी ब्ल्यू र डायनामिक अरेन्ज गरी दुई भिन्न रङ्गमा फोन उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया