जनरल इन्स्योरेन्सको आईपीओ मंगलबार बाँडफाँट हुने

काठमाडौँ । जनरल इन्स्योरेन्स कम्पनीको साधारण शेयर (आईपीओ) मंगलबार (भोलि) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले मंगलबार आफ्नै कार्यालय लाजिम्पाटमा बिहान १०ः३० बजे आइपीओ बाँडफाँड हुने बताएको छ ।

कम्पनीले असोज ११ देखि १४ गतेसम्म प्रतिकित्ता १ सय रुपियाँ अंकित मूल्यमा ३० लाख कित्ता आइपीओ जारी गरेको थियो ।

कुल सेयरमध्ये १ लाख २० हजार कित्ता अर्थात् ४ प्रतिशत शेयर कर्मचारीले छुट्याएको थियो । १ लाख ५० हजार कित्ता अर्थात् ५ प्रतिशत म्युचुअल फण्डहरुका लागि छुटयाइएको थियो । र बाँकी रहेको २७ लाख ३० हजार कित्ता मात्र सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

माग भन्दा ८.२९ प्रतिशत बढी आवेदन परेको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ । यस कारण उक्त कम्पनीको आईपीओ २ लाख ७३ हजार जनाले मात्र १०–१० कित्ताका दरले प्राप्त गर्ने छन् । बाँकी ५ लाख ४७ हजार ४ सय ३१ जनाको हाल खाली हुने निश्चित छ ।

आईपीओका लागि ८ लाख २० हजार ४३१ जनाले २ करोड २६ लाख ३५ हजार ९०० कित्ताका लागि आवेदन दिएका छन् । कुल २ अर्ब २६ करोड ३५ लाख ९० हजार रुपियाँ बराबरको आवेदन परेको हो ।

प्रतिक्रिया