घट्यो सुनको मूल्य, आज कारोबार कतिमा ?

काठमाडौं । आज सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आइतबारको तुलनामा सोमबार सुन प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।

आइतबार ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार ४ सयले घटेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य आज स्थिर रहेर प्रतितोला १ हजार १ सय ८० रुपैयाँमै कारोबार भइरहेकोे छ ।

प्रतिक्रिया