वीपी प्रतिष्ठानले कोरोना पोजेटिभ भएपनि २ हप्तासम्म लक्षण नदेखिए पिसिआर नगर्ने

धरान । कोरोना पोजेटिभ भई आइसोलेसनमा २ हप्ता बसेको अवस्थामा लक्षण नदेखिएमा बिरामी, शिक्षक तथा कर्मचारीहरुलाई अब आइन्दा पिसिआर टेस्ट नगराउने वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले एक सुचना प्रकाशित गरी कोरोना पोजेटिभ भएपनि आइसोसेलनमा दुई हप्ता बसेको अवस्थामा लक्षण नदेखिएमा बिरामी, शिक्षक तथा कर्मचारीहरुको पिसिआर टेस्ट नगर्ने निर्णय गरेको प्रतिष्ठानका अस्पताल निर्देशक डा. गौरिशंकर शाहले बताएका छन् ।

यसअघि कोरोना पोजेटिभ देखिने वित्तिकै प्रतिष्ठानले पिसिआर गराउने गरेको थियो । पिसिआर परीक्षणको रसायनको हाल उपलब्ध परिणाम आगामी दिनमा उपलब्ध हुने संभाव्यता र प्रतिष्ठानमा उपलब्ध मानवीय श्रोत साधनलाई विचार गरी उक्त निर्णय लिइएको प्रतिष्ठानले जनाएको छ ।

यसैगरी प्रतिष्ठानले कोभिड हस्पिटल र आइसोलेसनमा रहेका विरामी र त्यहाँ कार्य गरेर क्वारेन्टाइनमा ७ दिन रहने स्वास्थ्यकर्मी, माइक्रोवायोलोजी विभागले अभिलेख राखी निःशुल्क रुपमा सोझै परीक्षण गर्ने गराउने भनेको छ ।

बाह्य बिरामी तथा अन्य इच्छुक परीक्षण आवश्यक देखिएमा शःशुल्क परीक्षण गर्न गराउने व्यवस्था गरेको छ । प्रतिष्ठान हाता भित्रको वार्ड तथा अन्य कार्यालय स्थानमा पोजेटिभ भएकाहरुसँग शिक्षक कर्मचारीको संक्रमण, प्राथमिक सम्पर्क दुवै भएको अवस्थामा दुवै परीक्षण नगर्ने नगराउने समेत भनेको छ ।

प्रतिष्ठानले पोजेटिभ भएकाहरुसँग नजिकको सम्पर्कमा रहेका तथा प्राथमिक सम्पर्क भए पश्चात ७ दिन क्वारेन्टाइनमा बस्दा लक्षण देखिएका चिकित्सकको प्रेस्किप्सनको आधारमा परीक्षण गर्ने र लक्षण नदेखिएमा परीक्षण नगर्ने भनेको छ ।

भने, चिकित्सकको सल्लाहमा परीक्षण गर्नुपर्दा शिक्षक कर्मचारीहरुलाई निःशुल्क र आबद्ध परिवारलाई एचडब्लूएस अन्तरगतको सुविधाका आधारमा गरीने तर विलिङ गर्नुपर्ने जनाएको छ ।

प्रतिक्रिया