असारबाट रोकिएको सामान आउन थाल्यो नेपाल

काठमाडौं । तोतोपानी नाकाबाट कन्टेनर आउन थालेका छन् । नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच असोज १३ गते तातोपानी नाका पुनःसञ्चालन गर्ने सहमति भएसँगै चिनियाँ सामग्री आउन शुरु गरेको हो । आइतबार नै ११ कन्टेनर कपडा र कच्चा पदार्थ आएको थियो ।

तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार चिनियाँ पक्षले सामान मितेरी पुलमा अनलोड गरेको बताए । भन्सार जाँचपासपछि केही दिनमा ती सामग्री काठमाडौँ आउने छ ।

असार २५ गतेदेखि बन्द तातोपानी नाका सोमबारदेखि सञ्चालन हुने भएको हो । चीनको स्वशासित क्षेत्र तिब्बतको खासामा अड्किएका सामान नेपाल भित्र्याउन तातोपानी नाका सञ्चालन हुन लागेको हो ।

प्रतिक्रिया