लेभान्टेलाई हराउँदै रियल ला लिगाको शीर्ष स्थानमा
२०७७ असोज १९ गते

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले सहज जित निकालेको छ । गएराति भएको खेलमा रियलले लेभान्टेलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
लेभान्टेको मैदानमा आइतबार राति भएको खेलमा रियललाई जिताउन ब्राजिली युवा स्टार भिनिसियस जुनिय र फ्रेन्च फरवार्ड करिम बेन्जेमाले गोल गरे । खेलको १६ औं मिनेटमा जुनियरको गोलबाट रियलले अग्रता बनाएको थियो । त्यसपछि खेलको इन्जुरी समयमा बेन्जिमाले गोल गर्दै रियललाई २-० को जित दिलाए ।
जीतसँगै रियलले रिल बेटिसलाई १ अंकले पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो । अपराजित रहेको रियलको ४ खेलबाट १० अंक पुगेको छ । एक खेल बढी खेलेको रियल बेटिसको ९ अंक छ । पराजित लेभान्टे ३ अंकसहित १८औं स्थानमा छ ।
२०७७ असोज १९ गते
प्रतिक्रिया
सम्बन्धित








