लालबन्दीका कोरोना सङ्क्रमितको सिएमसिमा मृत्यु
२०७७ असोज १८ गते

प्रतिकात्मक तस्वीर।
चितवन । चितवनमा उपचाररत एक जना कोरोना सङ्क्रमितको आइतबार मृत्यु भएको छ ।
सर्लाही लालबन्दी नगरपालिका ८ का ४७ वर्षीय पुरुषको आइतबार साँझ मृत्यु भएको सिएमसिका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए ।
कलेजोको समस्या भएका ती पुरुष असोज १५ गते अस्पताल भर्ना भएकोमा कोरोना परीक्षण गर्दा १७ गते रिपोर्ट पोजेटिभ आएको थियो ।
कोभिड कक्षमा राखेर उपचार गर्दै गर्दा साँझ ५ः३५ बजे ती पुरुषको मृत्यु भएको निर्देशक लम्सालले बताए ।
२०७७ असोज १८ गते
प्रतिक्रिया
सम्बन्धित








