एनसेल टावरमा आगलागी, ३० लाख रुपैयाँ बराबरको ब्याट्री तथा पाटपूर्जा जलेर नष्ट

पर्सा । वीरगञ्जमा रहेकाे एनसेल टावरमा आगलागी हुँदा ३० लाख बराबरकाे क्षति भएकाे छ ।

वीरगञ्ज महानगरपलिका-१६ नगवा फुलबारी टोलस्थित एनसेल टावरमा करेन्ट सर्ट भई शनिबार साँझ आगलागी हुँदा टावरको ब्याट्री, पाटपूर्जाहरु समेत जलेर करिब ३० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हाे ।

दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया