कांग्रेस क्षेत्रीय सभापतिसहित १९ जनामा कोरोना संक्रमण

चितवन । चितवनमा नेपाली कांग्रेस क्षेत्रीय सभापति राजु सिलवालसहित थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा आइतबार गरिएको परिक्षणमा चितवन क्षेत्र नम्बर १ नेपाली कांग्रेस सभापति सभापति सिलवाललाई कोरोना पुष्टि भएको हो । खैरहनी १२ निवासी सिलवाल केही दिनअघि काठमाडौं पुगेर फर्किएका थिए । उनको स्वाब शुक्रबार लिइएको थियो ।
कोरोना पुष्टि भएको बताउँदै क्षेत्रीय सभापति सिलवालले आफूमा कोरोना संग मिल्ने कुनै लक्षण नभएको र स्वास्थ्य सामान्य रहेको जानकारी दिए । सिलवालसहित जिल्लामा आइतबार १९ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि हुनेहरुमा भरतपुर र रत्ननगरका ८र८ जना,खैरहनिका २ र राप्तिका १ जना रहेका छन् ।
भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार आइतबार २०८ वटा नमुना परिक्षण गरिएकोमा १८९ जनाको नमुना रिपोर्ट नेगेटिभ आएको छ ।









