ए.एस.टीको गोदाममा प्रहरीकाे छापा : म्याद गुज्रिएका खाद्य पदार्थमा नयाँ मिति हाल्दै बिक्री !

काठमाडाैं । कलंकीमा म्याद गुज्रेका सामान बेच्ने ए.एस.टी प्रालिको गोदाममा पनि प्रहरीले छापा मारेकाे छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटीले म्याद गुज्रिएका सामानहरू मिति सच्याएर नयाँ मिति राखेर बेच्ने ए.यस.टी प्रालिको एक घरमा राखिएको एम कोका चक्लेट, केकमा राख्ने चेरी, पिठो, तेल लगायतको गोदाममा आइतबार छापा मारेको हो ।

६ तल्लाको उक्त घरमा ठूलो मात्रामा चकलेट, केकमा राख्ने चेरी, पिठो लगायतमा नयाँ मिति राखेर र रि-लेबलिङ गरी बेच्ने गरेको पाइएकाे र चार जनालाई पक्राउ गरिएकाे वृत्तका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

डिएसपी बोहराका अनुसार पक्राउ पर्नेमा भारत समस्तिपुर विहारका वर्ष ५२ का सञ्चालक अनिल कुमार बंका, आन्नद कुमार अवस्थी लगायत ४ जना रहेका छन् । दुई जना सञ्चाक प्रविन बंका र सुमित अग्रवाल रहेको प्रहरीले जनाएको छ ।

यसअघि बिहीबार पनि म्याद सकिएका सामानमा नयाँ मिति राख्ने गरेको पाइएपछि तीन ओटा विशाल ग्रुपको गोदाममा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले छापा मारेकाे थियाे ।

प्रतिक्रिया