चिनियाँ दूतावासअघि प्रदर्शनको तयारीमा जुटेका युवाहरु पक्राउ

काठमाडौं । चिनियाँ दूतावासअघि प्रदर्शन गर्ने तयारीमा रहेका युवाहरु पक्राउ परेका छन् ।

नेपाली भूमि अतिक्रमण गर्न पाइँदैन भन्दै आज (आइतबार) दिउँसो युवाहरु चिनियाँ दूतावासअघि प्रदर्शन गर्ने तयारीमा जुटेका थिए । तयारीमा रहेकै बेला प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

केही सातायता देखि हुम्ला जिल्लाको लिमी र लाप्चा बीच नेपालको भूमिमा चिनिया पी एल ए ले ९ वटा अनधिकृत भवन निर्माण गरेकाे विषय उठेकाे थियाे । यसकाे विराेधमा यसअघि पनि चिनियाँ दूतावास अगाडी प्रदर्शन भएकाे थियाे ।

हुम्ला सदरमुकामबाट सिडिओसहित स्थलगत अध्ययनका लागि टाेली जाँदा चिनियाँ पक्षले नेपाली भूमिमा नभएर आफ्नै भूभागमा भवनहरू बनाएको दाबी गरेको थियाे । यसअघि नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले सिमा मिचिएकाे बताएका थिए । उत्तरी छिमेकी मुलुक चीन र नेपालबीचको सिमानामा राखेको ११ नम्बरको सीमास्तम्भ भेटिएपछि भने उनले सीमामा कुनै समस्या नभएकाे बताएका थिए । परराष्ट्र मन्त्रालयले पनि चीनले सीमा नमिचेकाे बताएकाे छ ।

प्रतिक्रिया