कोरोना असर : कांग्रेस केन्द्रीय कार्यालय ५ दिनका लागि बन्द

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले केन्द्रीय कार्यालय ५ दिनको लागि बन्द गरेको छ ।

केही नेताहरुमा कोरोना संक्रमण देखिएपछि कार्यालय आइतबार (आज)देखि २२ गतेसम्मको लागि बन्द गर्नुपरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकाल्दै जानकारी दिएका छन् ।

केही नेताहरुको गत १५ असोजमा लिइएको स्वाबको रिपार्ट पोजेटिभ देखिएको छ । गगन थापा, अर्जुनरसिंह केसीसहितका अन्य केन्द्रीय नेताहरुमा संक्रमण देखिएको छ ।

प्रतिक्रिया