एभर्टनको अपराजित यात्रामा रोड्रिग्वेजको दुई गोल

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लगातार चौंथो जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति ब्राइटनलाई ४-२ गोल अन्तरले पराजित गर्दै एभर्टनले लगातार चौंथो जित निकालेको हो ।

एभर्टनको जितमा जेम्स रोड्रीगेजले २ गोल गरेका छन् भने डोमिनिक कलभर्ट लेविन र यारी मिनाले एक एक गोल गरेका छन् । ब्राइटनका निल मोउपे र यभेस बिसोउमाले गोल गरेपनि हार टार्न सकेन ।

लगातार चौथो जितसँगै एभर्टन १२ अंक जोडेर लिगको शीर्षस्थानमा कायमै रहेको छ । एक खेल कम खेलेको लेस्टर सिटी र लिभरपुलको समान ९ अंक छ । पराजित ब्राइटन ३ अंकसहित १४औं स्थानमा छ ।

 

प्रतिक्रिया