सन्दीप आवद्ध ‘दिल्ली’ आइपिएलको शीर्षस्थानमा उक्लियो

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्स आइपिएलको अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ ।
शनिबार राती भएको खेलमा कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै दिल्ली शीर्षस्थानमा उक्लिएको हो । दिल्लीले रोयल च्यालेन्जर्स बेंगलोरलाई नेट रनरेटले पछि पार्यो ।
सारजाह क्रिकेट मैदानमा दिल्लीले दिएको २ सय २९ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर १ सय १० रन मात्र बनाउन सक्यो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउदै २२८ रन बनाएको थियो ।
योसँगै दिल्ली चार खेलमा ३ मा जित र १ मा हार सहित शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको बेंगलोरले ४ खेलमा ३ मा जित र १ मा हार बेहोरेको छ । मुम्बई ४ खेलमा समान २ मा जित र २ मा हार सहित तेस्रो स्थानमा छ ।
आज पनि आइपिएलमा दुई खेल हुँदैछ । पहिलो खेल मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावादबीच तथा दोस्रो किंग्स इलेभेन पञ्जाब र चेन्नई सुपरकिंग्सबीच हुनेछ ।








