बालुवाटार छिर्‍यो कोरोना : प्रधानमन्त्रीका सल्लाहकारसहित अन्य ७६ जना संक्रमित

काठमाडौं । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा कोरोना संक्रमण फैलिएको छ । प्रधानमन्त्रीका सल्लाहकारसहित त्यहाँका अन्य कर्मचारीमा पनि संक्रमण पुष्टि भएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा श्रोतका अनुसार प्रधानमन्त्रीका केही सल्लाहकारसहित सचिवालयमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी, चालकलगायत ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेहरुमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई, मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल तथा प्रेस सल्लाहकार सूर्य थापासहितका अन्य कर्मचारी रहेका छन् ।

उनीहरुध्ये भट्टराई, रिमाल, थापालगायतले जानकारी दिएका छन् भने अन्यले दिएका छैनन् । यद्यपि प्रधानमन्त्री ओलीको भने कोरोनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।

यस्तै बालुवाटारमा कन्ट्याक्ट ट्रेसिङको कामलाई उच्च मान्यता दिइएको महाशाखाले बताएको छ । आजको थप अपडेटसँगै देशमा कूल सक्रिय संक्रमितको संख्या २१ हजार ३ सय २ रहेको छ ।

जसमा स्वास्थ्य मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ भन्दा बढी भएको खण्डमा पुनः लकडाउन गर्नु भनी सिफारिस दिएको अवस्था छ ।

प्रतिक्रिया