चन्द्रागिरिमा चार राउन्ड गोली प्रहार गरि प्रहरीले ढाल्याे राँगाे

काठमाडौं । महानगरीय प्रहरी वृत्त थानकोटकाे प्रहरी टोलीले चार राउन्ड गोली प्रहार राँगा मारेकाे छ ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर ३ माटिखेल स्थित पहिचान नखुलेको वयस्क राँगाे अनियन्त्रित भई स्थानीय बासिन्दाको घरको भितामा हान्नुका साथै बासिन्दाहरूलाई आक्रमणकाे प्रयास गरेपछि प्रहरीले गाेली हानी मारेकाे हाे ।
स्थानीय बासिन्दाहरूलाई आक्रमणको प्रयास गरि आतङकित तुल्याएको खबर प्राप्त भएपश्चात् प्रहरी राँगो रहेको स्थानमा पुगेको थियो । महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख डिएसपी घनश्याम श्रेष्ठले उक्त राँगोलाई नियन्त्रण लिन विभिन्न उपाय अवलम्बन गर्दा समेत नियन्त्रणमा लिन नसकेपछि सम्भावित मानवीय क्षति हुन नदिन तत्काल ४ राउन्ड एसएलआर वाट फायर गरि मारिएको बताए ।
२०७५ फागुन ११ गते चन्द्रागिरि नगरपालिका-५ महाँदेवस्थानका ५२ वर्षीय चन्द्रागिरि नगरपालिकामा कार्यरत नायव सुब्बा कान्छा श्रेष्ठ र मक्ष्यनारायणका ९ का ७० वर्षीय मानवीर महर्जनको को राँगाको आक्रमणमा परी मृत्यु भएको ।
त्यस्तै चन्द्रागिरि नगरपालिका-४ त्रिभुवन पार्ककी ४५ वर्षीया देवि राना र वडानम्बर ९ का ८० वर्षीय काजी महर्जन सहित राँगाको आक्रमणमा परि प्रहरी हवल्दारसहित आधा दर्जन मानिस घाइते भएका थिए । आक्रमण गर्ने राँगोलाई तत्कालीन महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक शंकर खड्काको नेतृत्वको प्रहरी टोलीले दहचोकमा गोली हानेर मारेको थियो ।








