वीपी प्रतिष्ठानमा २८ वर्षिय महिलाको कोरोनाको कारण मृत्यु

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

आज विहान ४ः३० बजे महोत्तरी ठेगाना भइ हाल सुनसरी इनरुवा ४ बस्ने २८ वर्षिय महिलाको कोरोनाका कारण मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

कुनैपनि दिर्घ रोग नभएका उनी गत असोज ८ गते प्रतिष्ठानमा भर्ना भएका थिए । उनलाई सोहि दिन कोरोना पोजेटिभ भएको पत्ता लागेको थियो ।

हाल उनको शव व्यवस्थापन नियमानुसार भइरहेको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जनाएका छन् । यो सँगै प्रतिष्ठानमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

प्रतिक्रिया