आज असाेज १७ गते शनिबार, यस्ताे छ तपाईकाे राशिफल

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल असोज १७ गते । शनिबार । ईश्वी सन् २०२० अक्टोबर ०३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन कृष्णपक्ष । तिथि–द्वितीया,५८ घडी ४८ पला,रातको ०५ बजेर २९ मिनेट उप्रान्त तृतीया । नक्षत्र–रेवती,०६ घडी ३३ पला,बिहान ०८ बजेर ३५ मिनेट उप्रान्त अश्विनी । योग–व्याघात,४२ घडी १० पला,बेलुकी १० बजेर ५० मिनेट उप्रान्त हर्षण । करण– तैतिल,बेलुकी ०४ बजेर २६ मिनेट उप्रान्त गर,रातको ०५ बजेर २९ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–धाता योग । चन्द्रराशि–मीन,बिहान ०८ बजेर ३५ मिनेट उप्रान्त मेष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४५ मिनेट । दिनमान ३० घडी ३० पला । पञ्चक समाप्ती ।
आजको बार बेला ।
बिहान ५ बजेर ५८ मिनेटसम्म काल बेला ।
बिहान ५ बजेर ५९ मिनेटदेखी बिहान ७ बजेर २६ मिनेटसम्म शुभ बेला ।
बिहान ७ बजेर २७ मिनेटदेखी बिहान ८ बजेर ५५ मिनेटसम्म रोग बेला ।
बिहान ८ बजेर ५६ मिनेटदेखी बिहान १० बजेर २३ मिनेटसम्म उद्धेग बेला ।
बिहान १० बजेर २४ मिनेटदेखी बिहान ११ बजेर ५२ मिनेटसम्म चर बेला ।
बिहान ११ बजेर ५३ मिनेटदेखी दिउसो १ बजेर २० मिनेटसम्म लाभ बेला ।
दिउसो १ बजेर २१ मिनेटदेखी दिउसो २ बजेर ४९ मिनेटसम्म अमृत बेला ।
दिउसो २ बजेर ५० मिनेटदेखी बेलुकी ४ बजेर १७ मिनेटसम्म काल बेला ।
बेलुकी ४ बजेर १८ मिनेटदेखी बेलुकी ७ बजेर १७ मिनेटसम्म लाभ बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।
राहुकाल
बिहान ०८ बजेर ५४ मिनेटदेखी बिहान १० बजेर २३ मिनेटसम्म रहने ।
आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यवसायबाट लाभ मिल्ने तथा आर्थिक क्रियाकलापमा सोचे अनुरुप नै फाईदा हुनेछ । राज्यको मेकानिजम भित्र बसेर काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ । शुभ कार्य तथा धार्मिक काममा मन जानेछ । राजनीति तथा सामाजिक काममा जनताको समर्थन प्राप्त हुनेछ । मन मिल्ने साथिका साथ प्रविधिको प्रयोग गरि आफ्ना भावना साटासाट गर्न सकिनेछ । बिहानको समयमा यात्रा गर्दा ध्यान दिनुहोला ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समयमा कामहरु फत्ते गरि नाम तथा दाम दुबै कमाउन सकिनेछ । दान र सहयोग गर्न मन लाग्ने हुँदा केहि रकम खर्च हुनेछ । बिदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । बिदेशमा बसेर धन कमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । अग्रज तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिने छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पैत्रिक सम्पति तथा सरकारी धन हातलागि हुने योग रहेकोछ । आम्दानीका स्रोतहरु फराकिला हुनुको साथै आयस्रोतका नयाँ बाटाहरु फेला पार्न सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र पंतिमा आउनेछ । घर परिवार तथा आफन्त बीचको सम्बन्धमा सुमधुरता बढेर जानेछ । खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको कारोबारबाट प्रशस्त आम्दानी हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसाय फस्टाएर जानेछ । नयाँ काम पाउने तथा नोकरीमा पदोन्नति हुने समय रहेको छ । साथिभाईसँग रमाईलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पढाइ लेखाइमा अन्य दिन भन्दा सुधार भएर जानेछ । राजनीतिकर्मीहरुका लागि आजको दिन उत्तम रहेको छ । आफुले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउदा मन प्रशन्न हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अध्यापनमा मन जानेछ । आफुलाई मन पर्ने भौतिक सम्पति जोड्न पाउदा मन हर्सित हुनेछ । दाजुभाई तथा छिमेकिबाट सहयोग तथा उपहार प्राप्तिको योग रहेकोछ । आफन्त तथा मन पर्ने साथिकासाथ छोटो, रमाईलो तथा अर्थपूर्ण यात्रा हुने हुनाले मन प्रशन्न रहनेछ । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछ भने सत्रु परास्त हुनेछन् । खोज तथा अनुसन्धानको क्षेत्रबाट सकारात्मक नतिजा निस्कने हुनाले मन प्रशन्न रहनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बोलिको प्रभाव बढ्ने हुँदा थोरै बोलेर प्रशस्त आम्दानी गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे आम्दानी हुनेछ । आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ भने साथिभाईको सहयोगले कृतिमानी काम गर्ने समय रहेकोछ । पढाइ लेखाइमा थोरै समय दिदा पनि राम्रो नतिजा ल्याउन सकिनेछ । माया प्रेमको गाठो कसिले हुनुको साथै घर परिवारमा सबैबाट सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
ज्यो.डिपी उपाध्याय ।








