वीपी प्रतिष्ठानकाे कोभिड आइसोलेसन केन्द्रको अनुगमन

- भरतराज शर्मा (गोपाल)
सुनसरी । संघीय संसद, शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत गठित उपसमितिले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे कोभिड आइसोलेसन केन्द्रको अनुगमन गरेको छ ।
सरकारले गरेका कामकारवाहीकाे अनुगमन गर्न गठित उपसमितिले शुक्रबार वीपी प्रतिष्ठानकाे काेभिड अस्पताल, आइसोलेसन केन्द्र र क्वारेन्टिनकाे अनुगमन गरेकाे हाे ।
अनुगमन समितिमा माननीय संयोजक जीवन राम श्रेष्ठ, माननीय सदस्य एकबाल मिया, नमिता कुमारी चौधरी र संघीय संसदका शाखा अधिकृत ई. अमित कुमार यादव लगायत छन् । टाेलीले अनुगमनका क्रममा प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरी, धरानका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेल, अस्पताल निर्देशक डा. गौरी शंकर शाह, रजिष्ट्रार प्रा.डा. मोहन चन्द्र रेग्मी, शिक्षा अध्यक्ष डा. गुरु खनाल लगायतका व्यक्तिहरूसँग छलफल गरेकाे थियाे ।
छलफलका क्रममा समितिका संयाेजक जीवन राम श्रेष्ठलाई सम्बन्धित निकायका पदाधिकारीहरुले जिल्ला, स्थानीय तह तथा अस्पताल लगायतका अन्य अस्पतालबाट विना जानकारी नै कोभिड अस्पतालमा बिरामी ल्याई पुर्याउँदाकाे समस्या जानकारी गराउँदै समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए । संयाेजक श्रेष्ठले कोभिड अस्पताललाई व्यवस्थित गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।








