आन्तरिक मामिला तथा कानून मन्त्रालय घेराउ, मन्त्रीलाई बुझाइयो अपीलपत्र

विराटनगर । महिला पुनर्स्थापना केन्द (ओरेक) विराटनगरले प्रदेश नं. १ आन्तरिक मामिला तथा कानून मन्त्रालय घराउ गरी आन्तरिक मामिला तथा कानूनमन्त्रीलाई अपीलपत्र बुझाइएको छ ।

विभिन्न संघसंस्थाहरुको सहकार्यमा शुक्रबार (आज)देखि शुरु भएको ‘मौनता तोडौं’ बलात्कार र लैङ्गिक हिंसाविरुद्धको राष्ट्रिय अभियानको शुरुमा मन्त्रालय घेराउ गरी मन्त्रीलाई अपीलपत्र बुझाइएको हो ।

अभियान अन्तर्राष्ट्रिय अहिंसा दिवस २ अक्टोबर(आज)बाट शुरु भएको मानव अधिकार दिवस १० डिसेम्बरसम्म सञ्चालन हुने ओरेकले जनाएको छ ।

प्रतिक्रिया