टिकटकमा लाइभ आएकी थिइन् युवती, श्रीमानले पेट्रोल खनाएर आगो लगाइदिए !

एजेन्सी । चीनमा एक टिकटक स्टारकाे मृत्यु भएकाे छ । १४ सेप्टेम्बरमा टिकटकमा लाइभ आएका बेला श्रीमानले पेट्राेल खनाएर आगाे लगाइदिएपछि लामु नामकी एक चिनियाँ टिकटक स्टारकाे मृत्यु भएकाे हाे ।

स्थानीय चिनियाँ सञ्चार माध्यमका अनुसार पूर्व पतिले लगाएको आगोबाट चीनको सिचुवान प्रान्तकी बासिन्दा ३० वर्षीय लामुकाे शरिरको ९० प्रतिशत भाग जलेको थियो । घटनाकाे दुई सातापछि बुधबार उपचारका क्रममा उनको मृत्यु भएको हो ।

ती महिला चिनियाँ संस्करणको टिकटक ‘डोइन’ मा चर्चित थिइन् । टिकटकमा उनलाई लाखाैँले पछ्याएका थिए ।

नियमित लाइभमा आएकी लामुको साे दिन लाइभ स्क्रिन कालो भएको थियो । लाइभ हेरिरहेका प्रयोगकर्ताहरूले उनी चिच्याएको आवाज सुनेका थिए । चिनियाँ प्रहरीले घटनामा संलग्न भएको शंकामा लामुका पूर्वपतिलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको बीबीसीले जनाएकाे छ ।

 

प्रतिक्रिया