डाेनाल्ड ट्रम्प र उनकी श्रीमतीलाई काेराेना संक्रमण

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी श्रीमती मेलानियालाई कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफू र पत्नी संक्रमित भएको जानकारी दिएका हुन् ।

अहिले उनीहरु क्वारेन्टिनमा छन् ।

यसअघि ट्रम्पका वरिष्ठ सल्लाहकारमध्ये एक जनामा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि ट्रम्पले आफूहरु क्वारेन्टिनमा बस्न लागेको जानकारी दिएका थिए ।

प्रतिक्रिया