बामदेव गौतमको मुद्दामा सुनुवाइ शुरु
२०७७ असोज १६ गते

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी [नेकपा]का उपाध्यक्ष बामदेव गौतमविरुद्धको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच न्यायाधीशको इजलासमा गौतमको मुद्दाको सुनुवाइ भइरहेकोमा गत बुधबार ‘हेर्दाहेर्दै’मा राखिएको थियो ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणा, दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन् । गौतमको मुद्दा १३ वरिष्ठ अधिवक्ताहरुले हेर्दैछन् ।
यसअघि एकल इजलासले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्दै संवैधानिक इजलासमा पठाएको थियो ।
मन्त्री बनाउने चर्चासँगै अधिवक्त दिनेश त्रिपाठीले गौतमविरुद्धको अदालतमा रिद दायर गरेका थिए ।
२०७७ असोज १६ गते
प्रतिक्रिया
सम्बन्धित








