लिभरपुललाई हराउँदै आर्सनल क्वाटरफाइनलमा

काठमाडौं । लिभरपुललाई पराजित गर्दै लन्डन क्लब आर्सनल इंग्लिस फुटबल लिग (इएफएल)कप अर्थात कारवाओ कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराती सम्पन्न खेलमा निर्धारित ९० मिनेटको खेलमा गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । पेनाल्टी सुटआउटमा आर्सनल ५-४ ले विजयी हुदै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो । लिभरपुलका ह्यारी विल्सन र डिभोक ओरिगीले हानेको पेनाल्टी आर्सनलका गोल किपर बेर्न्ड लेनोले बचाएका थिए ।

योसँगै ईएफएल कपको क्वाटरफाइनलको समीकरण पुरा भएको छ । क्वाटरफाइनलमा आर्सनलसँगै म्यानचेस्टर सिटी, टोटनह्याम, स्टोक सिटी ब्रेन्टफोर्ड, न्युक्यासल युनाइटेड, म्यानचेस्टर युनाइटेड र एभर्टन पुगेका छन् ।

अब क्वाटरफाइनलमा आर्सनलले म्यानचेस्टर सिटीको सामना गर्ने छ भने टोटनह्यामले स्टोकसिटीको सामना गर्ने छ । त्यस्तै ब्रेन्टफोर्डले न्युक्यासल युनाइटेडको सामना गर्ने छ भने म्यानचेस्टर युनाइटेडले एभर्टनको सामना गर्ने छ । क्वाटरफाइनलका खेल डिसेम्बर २१ मा हुने छन् ।

प्रतिक्रिया