आज असोज १६ गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल असोज १६ गते । शुक्रबार । ईश्वी सन् २०२० अक्टोबर ०२ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन कृष्णपक्ष । तिथि–प्रतिपदा,५३ घडी ३६ पला,रातको ०३ बजेर २४ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–उत्तरभाद्रपदा,०० घडी १७ पला,बिहान ०६ बजेर ०४ मिनेट उप्रान्त रेवती । योग– धुव्र,४० घडी ४४ पला,बेलुकी १० बजेर १५ मिनेट उप्रान्त व्याघात । करण– बालव,दिउसो ०२ बजेर २३ मिनेट उप्रान्त कौलव,रातको ०३ बजेर २४ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४६ मिनेट । दिनमान ३० घडी ३४ पला । अन्तर्राष्ट्रिय अहिंसा दिवस । पञ्चक।

आजको बार बेला ।
बिहान ५ बजेर ५७ मिनेटसम्म चर बेला ।
बिहान ५ बजेर ५८ मिनेटदेखी बिहान ७ बजेर २६ मिनेटसम्म लाभ बेला ।
बिहान ७ बजेर २७ मिनेटदेखी बिहान ८ बजेर ५५ मिनेटसम्म अमृत बेला ।
बिहान ८ बजेर ५६ मिनेटदेखी बिहान १० बजेर २३ मिनेटसम्म काल बेला ।
बिहान १० बजेर २४ मिनेटदेखी बिहान ११ बजेर ५२ मिनेटसम्म शुभ बेला ।
बिहान ११ बजेर ५३ मिनेटदेखी दिउसो १ बजेर २१ मिनेटसम्म रोग बेला ।
दिउसो १ बजेर २२ मिनेटदेखी दिउसो २ बजेर ५० मिनेटसम्म उद्धेग बेला ।
दिउसो २ बजेर ५१ मिनेटदेखी बेलुकी ४ बजेर १८ मिनेटसम्म चर बेला ।
बेलुकी ४ बजेर १९ मिनेटदेखी बेलुकी ७ बजेर १८ मिनेटसम्म रोग बेला ।
नोटः शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बिहान १० बजेर २३ मिनेटदेखी बिहान ११ बजेर ५२ मिनेटसम्म रहने ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम धाति रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउने तथा औषधि उपचार खर्च बढ्न सक्छ । स्वदेशि व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न प्रशस्त समय खर्चिनु पर्नेछ भने बिदेशमा उत्पादित बस्तुको व्यापार फस्टाएर जानेछ । आफन्त तथा साथिभाईबाट सुनिने अप्रिय समााचारले मन दुखित तुल्याउँनेछ । अन्य काममा ब्यास्त रहनाले पढाइ लेखाइमा समय दिन सकिने छैन ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नयाँ काम गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । व्यापार व्यापारमा लगानि गरि आम्दानिका स्रोत बढाउन सकिनेछ । आर्थिक विषय बस्तुसँग सम्बन्धीत पुस्तकहरुको अध्ययन गरि वौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ । बिभिन्न अवसरहरुले पछ्याउने हुँदा राम्रा तथा देखिने काम काम गर्न सकिनेछ । सरकारि धन तथा पैत्रिक सम्पति हात लागि हुने प्रसस्त सम्भावना रहेको छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि दिन राम्रो रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आट तथा पराक्रम गरि काम गर्नाले सफल हुने समय रहेकोछ । दिगो वा दिर्घकालिन काम प्रारम्भ गर्न सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्ने तथा राजनीतिमा लाग्नेहरुले पद पाउने योग रहेकोछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । समाजमा राम्रा काम गर्न सकिने हुनाले मान–सम्मानमा बृद्धि हुनेछ । प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) छोटो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रवल सम्भावना रहेकोछ । खोज तथा अनुशन्धानको क्षेत्रका भनेजस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न हुनेछ । नयाँ काम पाउने तथा नोकरिमा बढुवा हुने योग रहेकोछ । धर्म तथा सस्कृतिको बचाउमा समय खर्चनु पर्ने हुन सक्छ । भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले ठुलो काम बन्नेछ । समाजसेवामा मन जाने तथा मान सम्मानमा बृद्धि हुने योग रहेकोछ । सामाजिक काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कामहरु समयमा सम्पन्न नहुने तथा आलोचकहरु बढ्नेछन् । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले फितलो रहनेछ । पहिले नै फत्ते भईसकेका कामहरु पुनह दोहोरिने हुँदा मानशिक तनाव बढ्नेछ । सानातिना घरेलु समस्याले सताउनेछ भने आफन्त तथा दिदि बहिनी हरुसँग घरायसि बिषयमा मनमुटाव सिर्जना हुनेछ । माया प्रेममा धोका अबिश्वास बढ्ने हुनाले प्रेम गर्ने जोडिहरु आज नभेट्दा नै राम्रो रहनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफ्नो क्षमता प्रयोग गरि अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशि जीवन ब्यातित गरि रमाउने समय रहेकोछ । जीवन साथिसँग रमाईलो यात्राको तय गर्न सकिनेछ भने एकल तथा साझेदारि व्यावसायबाट प्रशस्त आम्दानि गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) नोकरि तथा राजनीतिमा गरिने प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै चाहेको गन्तव्यमा पुग्न सकिनेछ । पढाइ लेखाइमा एक कदम अगाडि बढि उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ भने थाति रहेका कामहरुलाई गति दिन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरु एक अर्कालाई बिस्वास गरि अगाडि बढ्न सक्नेछन् ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आकस्मिक धन, सम्पति लाभ हुने तथा चिठ्ठा, उपहार प्राप्तिको योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीचको मायाको गाठो कसिलो भएर जानेछ । सन्तान तथा छोराछोरिले तपाईको काममा भरपुर सहयोग तथा समर्थन गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउनेछ । बिद्यामा उत्कृष्ट नतिजा हात लाग्ने तथा पुरस्कार तपाईकै पोल्टोमा पर्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ । प्रेम प्रशङगमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा समस्या उत्पन्न हुन सक्छ ध्यान दिनुहोला । तरपनि सवारी साधन तथा घर जग्गाको खरिद बिक्रिबाट सन्तोषजनक आम्दानि हुनेछ । खोजीमुलक क्षेत्रमा अलि बढि नै समय दिदा सकारात्मक नतिजा निकाल्न सकिनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अभिभावक,विशिष्ट व्याक्ति तथा दाजुभाईको सहयोगले राम्रा तथा उत्पादनमुखी काम गर्न सकिनेछ । आफ्नै सवारी साधनमा छोटो दुरिको यात्राको प्रसस्त सम्भावना रहेकोछ । व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने नयाँ व्यावसाय सुरु गर्नको लागी समय मध्ययम रहेकोछ । राजनीति तथा सामाजिक क्षेत्रमा मान सम्मान तथा प्रतिष्ठा जोगाउन सफल होईनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) मिठो मसिनो तथा स्वादिष्ट भोजनका साथ रमाईलो गर्दै दिन कटाउन सकिनेछ । बोलिको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्वपूर्ण कामहरु फत्ते गर्न सकिनेछ । प्रेम प्रसङमा आफुले मायालुलाई आफ्नै वरिपरि देख्न पाउदा मन खुसि हुनेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । फेसेनेवल तथा बिलाशि सामानको व्यापार व्यावसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा तपाईकै पोल्टोमा पर्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) छोटो दुरिको यात्राको गतिलो सम्भावना रहेकोछ । सुझबझ तथा लगनशिलताले समय फलदायि बनाउन सकिनेछ । सामाजिक संघ सस्था तथा परोपकारको क्षेत्रमा काम गरि नाम कमाउन सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा तपाईँकै हातमा पर्नेछ । शुभ तथा मांगलिक कार्यमा समय व्यातित हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । कार्यक्षेत्रमा उन्नतीको समाचार सुन्न पाईनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

  • ज्यो. डिपी उपाध्याय ।
प्रतिक्रिया