अक्षयको ‘बेल बट्टम’ को शुटिङ लकडाउनकै बिचमा सकियो

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार आफ्नो अनुशासन र कामको छिटो गतिका लागि परिचित छन् ।

अक्षयले अन्य अभिनेताकाे तुलनामा एक वर्षकाे अवधिमा धेरै चलचित्रहरू गरेका छन्, जुन बस्क अफिसमा समेत सफल छन् । त्यसैले पनि उनी मेहनती अभिनेताकाे रूपमा परिचित छन् । लकडाउनमा पनि अक्षयले धेरै चलचित्र खेलेका छन् ।

उनी अभिनित चलचित्र बेल बट्टमकाे शूटिङ लकडाउनमै शुरू भएर लकडाउन अवधिमै सकिएकाे छ । ३० सेप्टेम्बरमा शूटिङ सकिएकाे हाे । निर्माताहरूले फिल्म र्यापअपको घोषणा गर्दै नयाँ पोस्टर समेत सार्वजनिक गरिसकेका छन् ।

समयमै शुटिङ सकिएपछि अक्षयले भने, ‘यो टीमवर्क हो र म टोलीका प्रत्येक सदस्यहरू प्रति धेरै आभारी छु । यस न्यु नर्मल परिस्थितिले हामीलाई फरक ढंगबाट साेच्न सक्ने शक्ति दिएकाे छ, जसकाे हामीले कल्पना समेत गरेका थिएनाैँ ।’

उक्त फिल्म अप्रिल २, २०२१ मा सिनेमा घरहरूमा रिलिज हुने भएको छ ।

प्रतिक्रिया