रानीपोखरीको मन्दिरमा राखियो गजुर

काठमाडाैं । आज (बिहीबार) रानीपाेखरीकाे बालगोपालेश्वर मन्दिरमा गजुर राखिएकाे छ ।

२०७२ काे विनाशकारी भूकम्पले ध्वस्त बनाएकाे रानीपाेखरी पुनर्निर्माण अन्तिम चरणमा पुग्दै गर्दा आज रानीपोखरीको बीच भागमा रहेकाे बालगोपालेश्वर मन्दिरमा गजुर राखिएकाे हाे । धार्मिक विधिअनुसार पूजा गरी गजुर स्थापना गरिएको हो ।

रानीपाेखरी पुनर्निर्माणकाे काम अहिले धमाधाम चलिरहेकाे छ । पाेखरीमा पानी पनि जमाइसकिएकाे छ ।

२०७२ माघ ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् । यो वर्षको वैशाख १२ गते नै उद्घाटन गर्ने भनिएको थियो तर विभिन्न विवादका कारण पुनर्निर्माणमा ढिलासुस्ती हुँदा यो हुन सकेन । शिलान्यास भएको करिब ५ वर्षपछि अब पुनर्निर्माण सकिने चरणमा छ । निर्माण पुरा भएपछि उद्घाटन पनि राष्ट्रपतिबाटै गराउने याेजना छ ।

प्रतिक्रिया